तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

नेपालमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १३, शुक्रबार १४:३४

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ।

नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर उठाउनुपर्ने मापदण्ड तोकेको छ। तर, नेपालले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत मात्र कर लगाउँदै आएको छ। सोही कारण पनि नेपालमा सुर्तिजन्य पदार्थ अत्यधिक खपत भएको अध्यनको निष्कर्ष छ।

३० प्रतिशत कर उठाए पनि सुर्तीजन्य पदार्थमा लगाइएको करबाट नेपालले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गरिरहेको छ। तर, सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रममा १ करोड पनि खर्च गरेको पाइँदैन। सोही कारण नेपालमा सुर्तिजन्य प्रयोग गरेर मृत्युवरण गर्नेहरु बढी भएको अध्ययनले निष्कर्ष निकालेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु