दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

हिमाली जिल्लामा हिमपात सगै चिसो बढयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १३, शुक्रबार १५:३१

काठमाडौ।हिमाली जिल्लामा हिमपात भएको छ । हिमपात शुरु भएसँगै हिमाली जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।

असोजपछि पहिलो पटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिनुभयो ।
किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ । बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन् । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ ।

जिल्लाको बूढीगङ्गा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित गरी गाउँमा विशषेज्ञ सेवा सञ्चालन गरेको छ । आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरी गाउँमै सेवा सञ्चालन गरेको हो ।

चिकित्सक नै गाउँमा पु¥याएर सेवा दिने गरी विशषेज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताउनुभएको छ । नगरपालिकाले घरमै पुगेर उपचार सेवा शिविर सञ्चालन गरे पनि विशषेज्ञ नै लिएर पहिलोपटक सेवा दिएको हो ।

नगरपालिकाभित्रका १० वटै वडाका प्रत्येक बस्तीमै पुगेर सहज सेवा उपलब्ध गराउने लक्ष्य नगरपालिकाले लिएको छ । दिन बिराएर सेवा सञ्चालन गर्ने निर्णय स्वास्थ्य शाखाको छ । सेवा दिन बिहीबारदेखि नगरपालिकाको केन्द्र रहेको ५ नम्बर वडाबाट शुरु गरेको छ ।

आर्थिक अभावले रोग पाली बसेका र स्वास्थ्य संस्था टाढा भएर उपचार सुविधा लिन नसकेका वृद्धवृद्धा, महिला, असाहय, अशक्तलाई उपचार सेवामा पहुँच पु¥याउने लक्ष्यसहित सेवा दिन थालिएको संयोजक शाहको भनाइ छ । नगर कार्यपालिकाको निर्णयअनुसार नै वार्षिक कार्यक्रमका रुपमा सेवा दिने काम थालिएको हो । विशषेज्ञ स्वास्थ्य सेवा दिन एमडिजिपी डाक्टर दुर्गाराज महर्जनसहितको टोली खटिएको छ । टोलीले बिरामीको चेकजाँच, आवश्यक परामर्श र औषधि दिने कार्य गरेको छ ।

गाउँमा उपचार सम्भव नभएको बिरामीलाई थप उपचारका लागि रिफर गर्ने र अति विपन्न समुदायको भए नगरपालिकाले नै उपचार सुविधा दिने गरेको बताइएको छ । सबैको स्वास्थ्य संस्थामा सहज पहुँच नहुने र उपचारका लागि आर्थिक समस्या पनि देखिने भएकाले गाउँमै विशषेज्ञ पठाएर सेवा दिन थालिएको नगर प्रमुख दीपकविक्रम शाहले बताउनुभयो ।

बूढीगङ्गा नगरपालिकाले यसै साता कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न र घरघरमा स्वास्थ्य शिक्षा दिन टोली पठाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु