हाँसेको मायालु’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार १५:५५

काठमाडौ ।गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डरको स्वरमा ‘हाँसेको मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कुमार परियार ‘धादिङे’को शब्द, आयुष परियारको संगीत र बिनोद बाजुराली एरेञ्ज रहेको छ ।
गीतको भिडियोमा लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङलाई फिर्चड गरिएको छ । गीतको भिडियोलाई शिव वि.कले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु