केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

चिसोबाट हुने निमोनियाबाट बच्न ज्येस्ठ नागरिक लक्षित कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०६:३२

ललितपुर, १४ मङ्सिर -ज्येस्ठ नागरिकलाई चिसोबाट हुने निमोनियाबाट कसरी जोगिने भन्ने सिकाउने उदेश्यका साथ लगनखेलमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर ०५, वडा स्वास्थ्य कार्यान्वयन समितिले पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार आयोजनामा आएको हो । ७० बर्ष र सो भन्दा माथिको उमेरका करिब डेढ सय ज्येस्ठ नागरिकको उपस्थिती माझ पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालका चिकित्सक डा. राजेश किशोर यादवले स्लाईड सो मार्फत प्रशिक्षण दिएका छ । प्रशिक्षणका क्रममा डा. यादवले चिसो मौसममा ज्येस्ठ नागरिकमा देखिने समस्या, त्यसबाट बच्नु पर्ने उपाय, भ्याक्सिन लगाउनु पर्ने उमेर र कारण, भ्याक्सिन लगाउदा लाग्ने खर्च आदीका बारेमा प्रकाश पारेका थिए ।

‘ललितपुर महानगर भित्र रहेका ७० बर्ष भन्दा माथिका ज्येस्ठ नागरिकलाई भ्याक्सिन लगाउने कार्यक्रम रहेकोले उक्त भ्याक्सिन लगाउनु पूर्व त्यसको महत्व उजागर गर्ने मुख्य उदेश्यका साथ जानकारीमुलक कार्यक्रमका रुपमा यस कार्यक्रमको आयोजना गरिएको हो’ ललितपुर महानगरपालिका वडा नम्बर ०५ का अध्यक्ष बिकासमान श्रेष्ठले बताए ।

वडा स्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभा देवी प्रधान श्रेष्ठले संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रममा वडा सदस्यद्वय अशोक श्रेष्ठ र पुनम निरौला, ललितपुर महानगरपालिका जनस्वास्थका सानुमाया डङ्गोल र मुना लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु