चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

दिपेन्द्र कँडेलको एनजिओले उपनिर्वाचनको पर्यवेक्षण तथा अवलोकन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १४, शनिबार ०६:४२

काठमाडौं, १४ मंसिर । ईन्जिनियर दीपेन्द्र कँडेलको नेतृत्वमा रहेको द दिपेन्द्र कँडेल ईनिसिएटिभले आज मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर र काँस्कीमा निर्वाचनको अवलोकन तथा पर्यवेक्षण गर्ने भएको छ । निर्वाचन हुनुभन्दा एक दिनअघि एक विज्ञप्ती जारी गर्दै कँडेलले यस्तो जानकारी गराएका हुन् । उक्त ईनिसिएटिभले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर ३ र काँस्कीको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन अवलोकन गर्ने भएको हो ।

कँडेलले उक्त निर्वाचन पर्यवेक्षणको नाम डिकेआईईओएमस् २०१९ नेपाल बाई ईलेक्शन दिएका छन् । उक्त ईनिसिएटिभको लागि यो उपनिर्वाचन ठूलो अवसर भएको विज्ञप्तीमा जनाईएको छ । यसअघि आफ्नो संस्थाले डेनमार्क, बंगलादेश र जिम्बावेमा भएको निर्वाचनको पनि परिवेक्षकको रुपमा काम गरिसकेको छ ।

राज्यले निर्वाचनमा आफ्नो प्रशासनिक प्रक्रियालाई कसरी अवलम्बन गर्छ भन्ने कुरा निर्वाचन अवलोकन गर्दा थाहा हुने पनि ईनिसिएटिभका संस्थापक तथा अध्यक्ष ई. दीपेन्द्र कँडेलले स्पष्ट पारेका छन् । निर्वाचनमा कर्मचारीतन्त्रको बास्तविक विम्ब देखिनेपनि उनको विश्वास छ ।

निर्वाचन आयोगले भोलिबाट हुने उपनिर्वाचनको अवलोकन गर्न ईनिसिएटिभले गरेको आग्रह र निवेदन स्विकार गरेर अनुमति दिएकोमा पनि धन्यवाद दिएको छ । निर्वाचन अवलोकनको लागि ईनिसिएटिभले आफ्ना डेलिगेट्सलाई भक्तपुर र काँस्कीमा खटाउने निधो गरिसकेको छ । उक्त ईनिसिएटिभको पहिलो निर्वाचन पर्यवेक्षक टोलीको नेतृत्व अध्यक्ष कँडेलले गरेका छन् । उनी यतिवेला काँस्कीको क्षेत्र नम्बर २ मा केन्द्रित छन् । जहाँ प्रतिनिधिसभाको लागि निर्वाचन हुँदैछ ।

यता, भक्तपुरको क्षेत्र नम्बर ३ मा प्रदेशसभाको लागि हुने निर्वाचनको अवलोकन गर्न ईनिसिएटिभकी उपाध्यक्ष शान्ता शर्माको नेतृत्वमा डेलिगेट्स खटिने भएका छन् । कँडेलले जारी गरेको विज्ञप्तअनुसार काँस्कीमा कँडेलको नेतृत्वमा अनिषा रौनियार, डेविस रौनियार, अञ्जु कुमारी खत्री, सुष्मिता कार्की र सुरज तिमल्सिना छन् ।

त्यस्तै, भक्तपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा भने शर्माको नेतृत्वमा रोजी भट्टराई, अषिम सन्तोष पौडेल, विवेक पिडी जयसवाल, आरोहण गोदार थापा, प्रियश खतिवडा, गुणराज प्याकुरेल, हरिराम पौडेल र विशाल गिरी रहनेछन् । निर्वाचनको मतदान, मतगणनादेखि प्रशासनिक कामसमेतको सुक्ष्म अवलोकन गरिने ईनिसिएटिभले जानकारी दिएको छ । निर्वाचनको सम्पूर्ण प्रतिवेदन १५ दिनभित्र आयोगलाई बुझाईनेपनि अध्यक्ष कँडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु