• आदीमा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभा शुक्रबार बालाजु बाइसधारा पार्कमा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०७:०८

    काठमाडौँ – सुकेधारा ४ काठमाडौ स्थित आदीमा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभा शुक्रबार बालाजु बाइसधारा पार्कमा सम्पन्न भएको छ ।

    सभाको सभापतित्व संस्थाका अध्यक्ष प्रल्हाद दाहालले गरेका थिए भने प्रमुख अतिथीमा रास्टृय सहकारी महासंघ लेखा समितिका संयोजक धर्मदत्त देबकोटा, विशेष अतिथिमा युवा नेता तथा राजनितिकर्मी अनिल शर्मा, अतिथिमा का. म पा वडा नं ४ का वडा अध्यक्ष मोहन विष्ट , वडा सदस्य ध्रुब त्रिपाठी, कल्पना बयलकोटी, डिडिसिका पुर्व जिएम अजबलाल यादब ,आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिना, एम्नेष्टी इन्टरनेशनलका पुर्व अध्यक्ष सुर्य वहादुर अधिकारी, एन प्याब्सन प्रदेश न ३ का स– सचिव डि. एन महत्व, स्पष्ट साकोसका सचिव तुलसी गौतम , नेपाल डेरी एसोसिएसन प्रदेश न ३ का सचिवालय सदस्य राज कुमार वाइबा , विभिन्न स्कुलका प्र अ राजिव सेढाई, हरि माझी, कृष्ण दाहाल,राम अधिकारी, निरा शर्मा, रेखा कुवर लगायतका अतिथिहरुको विशेष उपस्तिथि रहेको थियो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण श्रेष्ठले स्वागत मनतब्य राखेका थिए । एम्नेष्टीका सुर्य अधिकारीले आदिमाले राम्रो काम गरेको र शेयर सदस्यहरुले ढुक्क भएर लगान गर्न आग्र गरे । वडा अध्यक्ष बिष्टले सबै जना मिलेर आफ्नो ठाउँको विकास गर्ने हो र वडा जहिले पनि तपाईहरुसगै रहेर काम गर्न तयार रहेको कुरा बताए । राजनीतिज्ञ अनिल शर्माले सहाकारीमा सबैले मिलेर काम गर्ने हो र आफ्नो आवश्यकतालाई पूरा गर्न आर्थिक बचत गरि परेको बेला प्रयोग गर्ने हो । बजारमा केहि सहकारीले बदमास गरेका कारण राम्रो काम गर्ने सहकारीलाई समेत अफ्ट्यारो परेको कुरा बताए ।

    प्रमुख अतिथि देबकोटाले सहकारी ऐन भर्खरै आएकोले सोहोको अध्ययन गरि अगाडि बड्नु पर्ने र अब साना सहकारी भन्दा पनि एकीकरण गरि अलि ठूलो बनाएर अगाडि बड्नुपर्ने बेला आएको बताए । कार्यक्रममा विभिन्न बिधामा सम्मान गरिएको थियो । एसइइ २०७५ मा उत्कृष्टता हाँसिल गर्ने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा रिजन श्रेष्ठ, निशिता केसि, एलिजा पुरी, सन्देश पौडेल लगाएतका थिए । उत्कृष्ट कर्मचारी सम्मान सबिता राउतलाई प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचत , बाल बचत, जेष्ठ नागरिक बचत, खुत्रुक्के बचत, विद्यार्थी बचत, असल ऋणिमा क्रमशः निजल लामा, मनिष प्रसाई, बासुदेब अधिकारी, विष्णु कार्की, बिन्दु दाहाल, प्रास्वी ओझालाई छनौट गरि पुरस्कृत गरिएको थियो ।

    सभाले लेखा संयोजक मनोज कुमार घिमिरे, कोषाध्यक्ष कृणा कुमारी मुनिकार र सचिव राजु बस्नेतले प्रस्तुत गर्नु भएको सबै प्रतिबेदनहरु पास गर्दै माइन्युटमा हस्ताक्षर गर्न ९ जना प्रतिनिधिको चयन गर्यो । कार्यक्रममा उपस्थिति अतिथिहरुलाई मायाको चिनी स्वरुप नेपाल नक्सा प्रदान गर्दै सांकेतिक रुपमा भारतले मिचेको भुभागको बिरोध गर्दै हामी नेपालीहरु यस्तो कुरामा एक ठाउँमा उभिनु पर्ने कुरा आयोजकहरुले बताए । कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले सबैलाई धन्यवाद दिदै आगामी दिनमा अझ बढी साथ र सहयोग पाउने अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु