कास्की क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मत खस्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार २०:३१

पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई त्रसित बनाउने गरि विभिन्न ४ ठाउँमा बम बिस्फोट समेत भएको थियो ।

मतदाता त्रसित बनाउने गरि बम बिस्फोटका घटना घटे पनि शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । मत गणना पनि आजैदेखि सुरु गरिने भएको छ । जिल्ला समन्वय समितिको भवनमा १० बजेदेखि मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । मत गणनाअघि ९ बजे सर्वदलीय बैठक बस्नेछ । ७ बजेसम्ममा मतदान केन्द्रबाट मतपेटिका जिल्ला समन्वय समितीको भवनमा ल्याउने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु