दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१३ औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन आज दशरथ रंगशालामा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १५ गते, आईतवार ९:५६

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन आज(आइतबार) दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुँदैछ ।

दुई संस्करणको साग यसअघि नै सफलतासाथ सम्पन्न गरेको नेपाल तेस्रो सागलाई भव्य पार्ने योजनामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव तथा आयोजना समितिका संयोजक रमेश कुमार सिलवाल बताए ।

सागको उद्घाटनका लागि दशरथ रंगशाला सिंगारिएको छ। मैदानको हरियो दुबो, एथलेटिक्स ट्रयाकको रातो रंग, राता, पहेंलो निलो, हरियो रंगका प्यारापिटका सिट, चारैतिर टाकिएको प्यारापिटको छानो लगायतले यतिबेला रंगशालाको सुन्दरता बढाएका छन्।

उद्घाटनका लागि जसरी रंगशाला सजिएको छ त्यसैगरी काठमाडौंका विभिन्न चोक तथा पाटीहरु सिंगारिएका छन्। पहिलो र आठौं साग आयोजना गरेको काठमाडौं तेह्रौं सागलाई अविष्मरणिय बनाउने योजनामा छ।

सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने राखेपले जानकारी दिएको छ। जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन्।

१५ हजारमध्ये ४ हजार ५ सय सशस्त्र प्रहरी, १ हजार ५ सय नेपाली सेना, १ हजार ५ सय नेपाल प्रहरी, ३ हजार विद्यार्थी, ४ हजार झाँक्री समुहको प्रस्तुति रहने छ । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला सस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् ।

सागको उद्घाटन शर्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । कीर्तिमानी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्नेछन् भने सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्नेछन्।

साग भरका लागि २२ हजार जनाले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने शनिबारको नियमित पत्रकार भेटघाटमा सदस्य सचिव सिलवालले बताए ।

सागको उद्घाटनमा आउने तथा सडकको यातायात सहज होस् भन्ने उदेश्यले सरकारले राजधानीमा आइतबार बिजोर नम्बरका सवारीसाधनको प्रयोग गर्न भनेको छ।

सागका लागि दशरथ रंगशालमा खेल हेर्न वा उद्घाटनमा आउनेले टुडिखेलमा आफ्नो सवारी पार्क गर्न पाउने राखेपले यसअघि नै जानकारी दिईसकेको छ।
दिउँसो ५ बजे शुरु हुने उद्घाटन कार्यक्रम ३ घण्टा १४ मिनेटको हुनेछ ।

यो साग काठमाडौंमा मात्रै उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि आयोजना हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु