• टिभिएस अपाचे रेस ट्रयाकएक्स पिरियन्सका लागि विजेताहरु चेन्नाई भ्रमण लैजाने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०६:४३

    काठमाडौ –टिभिएस अपाचे रेस ट्रयाकएक्स पिरियन्सका लागि विजेताहरु चेन्नाई भ्रमण लैजाने भएको छ । जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फो.भी मोटरसाईकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीमध्ये ६० जना गोला प्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० बाट छनौट गरिएका २५ जना विजेतालाई चेन्नाई भ्रमण लैजाने भएको हो ।

    विजेताले यही मङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउनेछन् । एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका छन् । साथै यी प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्ने अवसर पाउनेछन् ।
    प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साह जनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने ‘नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जनाबाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’ टिभिएस अपाचे आरआर ३१० र २०० ४ भिले माइलेज अत्याधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम् सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ । मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुने प्रतियोगीहरु मङसिर १४ गते, शनिबार नेपालबाट प्रस्थान गरी मङसिर १६ गते रेस ट्रयाकको अनुभव गर्दै मङसिर १८ गते, बुधबार पुनः नेपाल फर्किने छन् । मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४कि.मि को छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु