तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १७ गते, मंगलवार ९:३४

ओमान ।नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी सम्पन्न भएको छ । द्बिपक्षीय समझदारी पत्रमा मंसिर १६ गते ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो। समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरेका थिए ।

नेपाल र ओमानको राष्ट्रिय संग्राहलयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरीएको छ।
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
प्रेस विज्ञप्ती
नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा मिति 2076 मंसिर 16 गते सोमबारका दिन ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो।
समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनी का कार्यालय प्रमुख श्री जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक श्री जमल बिन हसन अल मोवासीले हस्ताक्षर गर्नुभयो।
नेपाल र ओमानको राष्ट्रिय संग्राहलयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरीएको छ।
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।उक्त कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक श्री दामोदर गौतम , राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।
मिति 2076 मंसिर 17 गते मंगलबारका दिन ओमान स्थित विभिन्‍न देशका राजदूतहरु, कूटनितिक कर्मचारीहरु, विद्यार्थीहरु तथा अन्य सर्वसाधारणहरुको उपस्थितमा राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख श्री जयराम श्रेष्ठद्बारा नेपालको राष्ट्रिय संग्राहलयको सम्बन्धमा प्रस्तुतीकारण दिनुहुने कार्यक्रम रहेको छ।

नेपाली राजदूतावास मस्कट, ओमान।
06 मंसिर 2076 (तदअनुसार 02 डिसेम्बर 2019)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु