• क्विन्स गोरखाबाट शैक्षिक सामाग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०९:३८

    मदन तिमल्सेना
    तनहुँ, १७ मङ्सिर -तनहुँको व्यास ११ रातामाटा स्थित माया युनिभर्स एकेडेमी बिद्यालयका बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रम गरि शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
    बेलायत आर्मि अन्तर्गत क्विन्स गोरखा इन्जिनियर , इन्टेक १४ बिग्रेड गोरखा परिवारले सामाग्री बितरण गरेको हो । उक्त सामग्री बितरण गर्न मिलेन्र्द श्रेष्ठ, मीन गुरुङ, विशाल कुमाल, सन्तोष थापा, प्रकाश रानाले बिघार्थिहरुलाई हस्तान्तरण गरेका थिए ।

    बिघालयका प्रधानध्यापक मंजिल रानाले यसरी बिघालयमा आएर बिघार्थिहरुलाई शैक्षिक सामाग्री ल्याएकोमा धन्यवाद दिदै ज्यादै राम्रो लागेको बताए ।

    शैक्षिक सामाग्री वितरण पस्चात क्विन्स गोरखा इन्जिनियर , इन्टेक १४ बिग्रेड गोरखाका प्रतिनिधी प्रकाश रानाले आफुहरु सबै मिलेर शैक्षिक सामाग्री ल्याएर बालबालिकालाई दिन पाउँदा निकै खुशी लागेको व्यक्त गरे । उनीहरुले उक्त सामाग्री बिघार्थिहरुलाई हस्तान्तरण गरेका थिए। वितरित सामाग्रीहरुमा कपि ३० दर्जन , कलम ३५ दर्जन, डट्पेन २० दर्जन, क्लकुलेटर २० थान ,ज्यामिति बक्स २० वटा, मेटाउ १०० वटा आदि थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु