तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेह्रौं दक्षिण एसियाली खेलकुद सागको तेस्रो दिन नेपालले आठ स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १८ गते, बुधबार ७:४८

काठमाडौं, १८ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद सागको तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ ।

दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित ३२४ मध्ये ५२ स्वर्णको पदकको परिणाम आइसकेको छ । नेपालले सर्वाधिक २३ स्वर्णसहित तेह्रौं सागमा पदक तालिकामा शिर्ष स्थानमा यथावत रहेको छ । नेपालले ९ रजत र १२ कास्य गरी कुल ४४ पदक जितेको छ । दोस्रो स्थानमा रहेको भारतले १५ स्वर्ण जितेको छ । भारतले १६ रजत र ९ कास्य गरी कुल ४० पदक जितेको छ । तेस्रो स्थानमा श्रीलङ्का उक्लेको छ । उसले पाँच स्वर्ण, १४ रजत र २७ कास्य गरी कुल ४६ पदक जितेको हो । पहिलो दिनको खेलमा दोस्रो स्थानमा रहेको पाकिस्तान भने पदक तालिकामा चौथो स्थानमा झरेको छ । उसले चार स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २७ पदक जितेको छ । बङ्गलादेश भने पाकिस्तान जत्तिकै चार स्वर्ण जितेपनि चार रजत मात्रै जित्न सकेको छ ।

कुल पदक पाकिस्तानभन्दा बढी ल्याएपनि बङ्गलादेश २८ पदकसहित पाँचौं स्थानमा छ । माल्दिभ्सले आफ्नो पदक तालिकामा एक स्वर्ण मात्रै जोड्न सकेको छ । भुटान भने तीन कास्यसहित पदक तालिकाको पुछारमा छन् । पहिलो दिन नेपालले कराँते र तेक्वान्दोमा सामान सात सात तथा ट्रायथलनमा एक गरी कुल १५ स्वर्ण पदक जितेको थियो । तेक्वान्दो स्पर्धामा वीरबहादुर महराले ६८ किलो मुनिको तौल समूहमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अङ्कले पराजित गर्दै स्वर्ण पदक जितेका थिए । ४६ किलो मुनि तौल समूहमा काजल श्रेष्ठले स्वर्ण जितेर तेक्वान्दोमा नेपालको स्वर्ण संख्या ९ पुर्याएका थिए । ड्वायथोलनमा हिमाल टमाटाले स्वर्ण पदक जिते । उसु थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जिते। एथ्लेटिक्समा १० हजार मिटरको दौडमा सन्तोषी श्रेष्ठले भारतकी कविता यादबलाई मिलिसेकेण्डको अन्तरले पराजित गर्दै स्वर्ण पदक जिते । त्यसैगरी, मङ्गलबार कराँतेमा ६७ किलो तौल समूहमा नवीन रसाइली र ६८ किलो तौल समूहमा सुनिता महर्जनले स्वर्ण पदक दिलाए ।
गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु