• मिस्टर एण्ड मिस मकवानपुर आईडलको अडिसन मंसिर २१ मा हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १२:५४

    काठमाडौँ — मंसिर १८।

    नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना गर्ने भएको छ ।
    बिगत लामो समयदेखि राजधानी तथा मोफसलमा लगातार सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल ”को अडिसन यहि आउदो मंसिर २१ र पौष ५ गते पिज्जा कटर, स्कुल रोड,हेटौंडामा गर्ने आयोजक सस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै चलचित्र, म्युजिक भिडियो, विभिन्न मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

    प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

    प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक डेविल सिंह राजपुतले बताए l यस सौन्दर्य प्रतियोगिताले मकवानपुर क्षेत्रका युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् ।
    इच्छुक प्रतियोगीहरुले अडिसन फाराम भर्नको निम्ति निम्न व्याक्ति र सम्पर्क नम्वरहरुमा सम्पर्क गरि भाग लिन सक्ने छन ।

    सद्दाम हुसैन — ९८६५१२८३२६
    बिवेक बिक्रम शाह — ९८४५५०३९४०
    आर्यन बिक्रम नेपाल — ९८६८१३७३०८
    आदिल अन्सारी — ९८४२१३१८९८
    गौरव सिग्देल — ९८०६८९२६११
    सोफिया फागो — ९८११२९९०८६
    स्विकृती ढुङ्गेल — ९८०४२४००६०

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु