• गोरखा सेवा समाज कतारले आफ्नो १६ औ स्थापना दिवसको अवसर विविध कार्यक्रम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १४:१४

    दोहा / गोरखा सेवा समाज कतारले विविध सास्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम गर्ने भएको छ । तन,मन ,बचन र कर्मले सेवा गरौ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापित गोरखा सेवा समाज कतार ले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारेर कार्यक्रम गर्ने लागेको हो ।

    सेवा समाज कतारले हरेक वर्ष आफ्नो स्थापना दिवस नेपालबाट बिभिन्न कलाकार बोलाएर कतार मा कार्यरत जिल्ला बासि तथा गैर जिल्ला बासि नेपाली हरुलाई मनोरंजन दिदै आएको छ ।त्यस्तै कतारमा रहेका समजजिक सस्थाहरुमा गोरखा सेवा समाज ले बिभिन्न ज्ञानवर्दक कार्यक्रम पनि गर्ने गरेको छ । समाजले पछिल्लो पटक मानव सेवा आश्रमको केन्द्रिय कोष सहयोगार्थ ‘सकारात्मक सोच: रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न गरेको थियो ।

    प्राय: आफ्नो जिल्ला बासी राष्ट्रिय कलाकार हरु लाई आमन्त्रित् गर्ने गरेको समाजले यसपाली पनि गृह जिल्लोलाकै लोक दोहोरी गायिका देवी आले मगर र लोकदोहोरी गायक रबिन लामिछाने लाई निमत्रणा गरेको छ । दोहोरी गीतको साथमा भब्य रुपमा बनभोज कार्यक्रम हुने भएको ले बिभिन्न संघ सस्थाहरुलाई तथा दोहोरि का पारखी हरुलाई समयमै आफ्नो सिट सुरक्षित् गर्न अनुरोध गरेको छ ।

    १८ डिसेम्वर २०१९ (कतारको राष्ट्रिय दिवस) को दिन अल दोषरी पार्क (सहानिया) हुने कार्यक्रमको कलाकारको भिषा लागायतको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक ज्ञानेन्द्र न्यौपानेले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु