बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

पुरुष फुटबलमा नेपाल श्रीलंकासंग बराबरीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १९ गते, बिहीबार ०७:२३

काठमाडौँ । जारी १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल श्रीलंकासंग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र श्रीलंकाबीचको खेल १-१ गोलको बराबरीमा रोकिएको हो ।

नेपालका लागि खेलको पहिलो हाफको ३६औ मिनेटमा पेनाल्टी मार्फत सुजल श्रेष्ठले गोल गरेका थिए भने श्रीलंकाले खेलको ९१औ मिनेटमा मोहमद आकिबले फ्रि-किकबाट सुन्दर गोल गर्दै खेल बराबरी गरेको थियो । मंगलबार भुटानविरुद्ध २ गोल गरेका नेपाली कप्तान सुजलले जारी सागमा आफ्नो गोल संख्या ३ पुर्याएका छन् । अन्तिम मिनेटमा गोल गर्दै श्रीलंकाले नेपालसँग खेल बराबरी गरेर अंक खोस्न सफल भएको छ ।

योसँगै नेपालले २ खेलमा एक जित र एक बराबरी खेलेको छ भने श्रीलंकाले खेलेका दुवै खेलमा बराबरी खेलेको छ । आजको खेलपछि नेपालले अब आगामी शनिबार माल्दिभ्स तथा आइतबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । यस पटकको सागमा भारत र पाकिस्तानले फुटबलमा सहभागिता जनाएका छैनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु