बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

ग्लोबल आइएमई र जनता बैंकको कारोबार विहीबार बन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १९ गते, बिहीबार १२:५२

काठमाडौं, मंसिर १९ – ग्लोबल आइएमई र जनता बैंकको कारोबार विहीबार बन्द गरिएको छ । ग्लोबल आइएमई र जनता बैंक एक आपसमा मर्ज हुन लागेकाले कारोबार प्रणाली एकीकृत गर्न आज एक दिन सम्पूर्ण कारोबार बन्द गरिएको बैंकले जनाएका हुन् ।

ग्लोबल आईएमई बैंकसँग मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेको जनता बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ खाता नम्बर लिन अनुरोध गरेको छ।

बैंकले एक सूचना जारी गर्दै एकीकृत कारोबार पछि हाल कायम रहेको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबल आइएमई बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयमा गएर नयाँ खाता नम्बर लिन ग्रहकलाई अनुरोध गरेको छ ।

खाता नम्बर परिवर्तन भएपनि साविक जनता बैंकबाट जारी भएका चेक तथा एटीएम कार्डहरु भने अवधि समाप्त नभएसम्म प्रयोग जर्न सकिने बैंकले जनाएको छ ।

साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्गहरुमा साविककै युजरनेम र पासवर्ड प्रयोग गरी ग्लोबलको इन्टरनेट तथा मोबाइल एपबाट चलाउन सक्ने बैंकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु