प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १९ गते, बिहीबार १६:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् ।

मंसिर १० गते प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै स्वास्थ्यलाभ गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु