आज चैत ६ गते मंगलबार यस्तो रहनेछ तपाईंको दिनटान र गरिमा विकास बैंकबीच सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौताचित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षितएडभेन्चर रनिङको नेतृत्वमा कुँवरनेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान"एनआईएमबीलाई आरआरबीएल–इसान कपपानीको संकट र पानीजन्य संकट समाधानमा बर्षातको पानी संकलन र व्यवस्थापन बरदानः मन्त्री बस्नेतखाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम हुनेएनआरएनएको तीन समूहसँग परराष्ट्रमन्त्री आक्रोशित शर्मा, केसी र कुँवरलाई मिलेर आउन दबाबआज चैत ५ गते सोमबार तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तत्काल संसद बैठक बोलाउनुपर्ने आवश्यकत्ता छ: देवप्रसाद गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १९ गते, बिहीबार १७:०२

काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल संसद बोलाउनुपर्ने आवश्यकत्ता सुनाए । उनले भने,‘संसद बैठक बोलाउनुपर्ने आवश्यकत्ता छ । सदन बोलाउने क्षेत्राधिकार सरकारको सिफारिशमा राष्ट्रपतिले आह्वान गर्ने हो । मन्त्रिपरिषदको बैठक कुनैपनि बेला बस्न सक्छ, त्यही बैठकले राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ । राष्ट्रपतिकहाँ पुगेपछि उहाँले संसदको बैठकको आह्वान गर्नुहुन्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ढिलो, चाँडो संसदको हिउँदे अधिवेशन बोलाउने कुरामा आफू आशावादी भएको बताए । उनले भने,‘सामान्यतय हिउँदे अधिवेशन पुसको पहिलो वा दोस्रो हप्ता बोलाउने गरिएको ईतिहास छ, अब सरकारले हिउँदे अधिवेशन छिट्टै बोलाउँछ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सभामुख चयनपनि तत्काल गर्नुपर्ने आवश्यकत्ता सुनाए । उनले भने,‘संविधानले सभामुखको रिक्तताको परिकल्पना गर्दैन् । छिटो भन्दा छिटो सभामुख चयन गरिनुपर्छ । दलहरुको सहमतिमा यसबारेमा निर्णय लिनुपर्छ । सभामुख संविधानअनुसार चयन गरिन्छ ।’ संविधानमा नै सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था गरेकोले सोहीअनुसार अघि बढ्नेपनि गुरुङको विश्वास छ ।

उनले सभामुख अहिलेका दलहरुको संरचना र कम्पोजिसन हेर्दा नेकपालै दाबा गर्नुपर्ने आवश्यकत्ता रहेको सुनाए । उनले भने,‘हामी सबै दलहरुबीच खुल्ला छलफल गर्छौं ।’ उनले नेकपाभित्र कसलाई सभामुख बनाउने ? भन्नेबारे अहिले संसदीय दलको बैठकमा छलफल नभएपनि शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल भएको सुनाए ।

उपसभामुखको राजीनामाबारे सोधिएको एक प्रश्नमा उनले उपसभामुखको स्वेच्छिक निर्णयको कुरा भएको बताए । उनले प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज भएकोले हिउँदे अधिवेशन बोलाउनको लागि मन्त्रिपरिषद बैठक बोलाएर राष्ट्रपतिकहाँ सिफारिश गर्ने बताए ।

गुरुङले कालापानी, लिपुलेक नेपालको भूमी भारतीय नक्शामा राखेपछि राष्ट्रिय ईस्युको रुपमा बहस भैरहेको सुनाउँदै वर्तमान सरकारले अतिक्रमित भूमी फिर्ता गराएरै छाड्ने बताए । उनले भने,‘यो विषयमा सदनमा आवाज उठाउन आवश्यकत्ता छ । सरकारले भारतसँग कुटनीतिक वार्ता तथा सम्वाद गरिरहेको छ । आफ्नो भूमी फिर्ता गराउँछ । सरकारले सकारात्मक वार्ता तथा पहलकदमी गरिरहेको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु