• सागको आज छैटौं दिन विभिन्न १९ खेलहरू हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १०:२७

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् ।
    सुरु भइसकेका खेलको निरन्तरता सगैं बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् ।

    बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ । यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन हुनेछ ।

    एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु काठमाडौंमा हुनेचछन् ।
    ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका खेल पोखरामा हुनेछ ।

    सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।
    क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । खेल टीयू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु