दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुड विभ फाउण्डेसनद्वारा गलैचा निर्यातकर्ता र विदेशी आयातकर्ता सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २० गते, शुक्रबार १६:५४

काठमाडौं, २० मङ्सिर – गुड विभ फाउण्डेसनले ३ उत्कृष्ट गलैचा निर्यातकर्ता उद्योग र एक आयातकर्ता विदेशी कम्पनीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा निर्यात तर्फ क्रमश : प्याराडाईज कार्पेट इण्डस्ट्रिज- प्रथम, सांग्रिला कार्पेट एण्ड ह्यायान्डि क्राफ्ट-द्धितिय, निर्वाणा कार्पेट इण्डस्ट्रिज-तृतीय र निर्यातकर्ता मध्येबाट द रग कम्पनी, संयुक्त राज्य अमेरिका रहेका छन् । फाउण्डेसनले आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर बालश्रम रहित गलैचा उद्योग संचालन गर्दै उच्च परिमाणमा आयात र निर्यात गरेको भन्दै उक्त उद्योग-कंपनीलाई सम्मान गरेको हो । गण्डकी प्रदेशका सांसदद एवम् गलैचा उद्योग संघका अध्यक्ष राम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरि थापा, संस्थाका अध्यक्ष सपुत बहादुर कार्की, फाउण्डेसनका संस्थापक एवं पूर्व अध्यक्ष विनोद कार्की, संस्थापक एबम पूर्व अध्यक्ष जाफर अहमद, संस्थाका कोषाध्यक्ष किरण थापाले मन्तब्य धारणा राखेका थिए । सो अवसर माझ फाउण्डेसनकी कार्यकारी निर्देशक सुश्मा पोखरेलले संस्थाको कार्यक्रम गतिविधीका बारेमा प्रकाश पारेकी थिईन् ।गुड विभ फाउण्डेसनले बालश्रम रहित गलैचा उद्योग प्रवर्द्धनमा लाग्दै आएको जनाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु