दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २१ गते, शनिबार ७:५७

कतार–नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको स्वागत गरेको छ । संघले राजदूत भारद्वाजको एक भब्य समारोहबीच स्वागत गरेको हो । कार्यक्रममा दूतावासका उपनियोग प्रमुख लक्ष्मण खनाल, दूतावासका सम्पूर्ण कर्मचारी लगायत गैर आवासीय नेपाली संघ(एनआरएन) का आइसीसी सचिब आरके शर्मा, एनआरएनए मध्यपूर्व संयोजक प्रबिन गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार टीबी काकीलगायत समाजका बिभिन्न ब्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सभापतित्व संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाइले गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष आरके शर्माले स्वागत मन्तव्य राखेका थिए भने महासचिब सागर नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रमुख अथिति महामहिम राजदूत भारद्वाजले नेपाली ब्यबसायी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कतारबीचको सम्बन्ध र नेपालीहरुले गरेको योगदानको प्रसंशा गरेका थिए ।
कार्यक्रममा राजदूत भारद्धाजले नेपाली समुदाय र नेपाली ब्यबसायीहरुले दुइ देशबीचको सम्बन्धलाई उचाईमा पुर्याउन खेलेको भूमिका उच्च रहेको भन्दै खुशी ब्यक्त गरे भने नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाली ब्यबसायी संघलाई आग्रहसमेत गरे । संघका संरक्षक देबकाजी डंगोलले अब नेपाली व्यवसायीहरु देशको आर्थिक क्रान्तिका लागि प्रबासबाटै लागिपर्ने बताए ।

संघका अध्यक्ष महेन्द्र चौलागाइले नेपाली व्यवसायी संघले नेपाली नियोगसँग सदैब सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै बिदेशी लगानी देशमा भित्राउन व्यवसायीहरु लागि परिरहेको बताए । उनले यसको लागि दूतावासको सहयोगको अपेक्षा राखेको बताउँदैं नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दूतावासँग सहकार्य गर्दै अघि बड्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष चौलागाइले कार्यक्रम ब्यबस्थापन कार्यका लागि भूमिका निर्वाह गरेकोमा संघका कोषाध्यक्ष चुडामणि कार्की, सहसचिब रमेश भट्टलगायत सम्पूर्ण कार्यसमितिलाइ धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पूर्णबहादुर कडरियालगायतको उपस्थिति रहेका थिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु