दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१३ औं सागको सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २१ गते, शनिबार ८:३२

काठमाडौं, २१ मंसिर । १३ औं सागको सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं, पोखरा र जनकपुरमा १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

आज आर्चरी, एथ्लेटिक्स, फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, साइक्लिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, बक्सिङ, फेन्सीङ, स्क्वास र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, आर्चरी, ह्यान्डबल र बिच भलिबल, पोखरामा हुँदैछ भने, कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।

खेल दिउँसो साढे एक बजे हुनेछ । यस्तै साँझ साढे पाँच बजे हुने अर्को खेलमा श्रीलंकासँग भुटानले प्रतिस्पर्धा गर्ने छ । महिलातर्फको फुटबल नेपाल र भारतबीच दिउँसो ४ बजे पोखरा रंगशालामा हुनेछ । पुरुष क्रिकेटमा नेपालले बंगलादेशको यू–२३ टिमको सामना गर्नेछ ।

टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । यस्तै ११ बजे सुरु हुने स्पर्धामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्न लागेको हो ।

त्यसैगरी बक्सिङमा आज विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु