गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक

ग्लोबल आईएमई बैँक नेपालकै सबैभन्दा पहिलो बैँक बन्न सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १०:१३

काठमाडौँ । नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप ग्लोबल आईएमई बैँक नेपालकै सबैभन्दा पहिलो बैँक बन्न सफल भएको छ । क वर्गको दुई वाणिज्य बैँक ग्लोबल आईएमई बैँक र जनता बैँक एकआपसाम मर्जर भएका हुन् । शुक्रबार राजधानीमा एक समारोह आयोजना गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैँकको एकिकृत कारोबार औपचारिक रुपमा उद्घाटना गरेका हुन् ।मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैङ्क समेत बनेको छ ।

मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ । यसअघि रहेको बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकिकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो । चुक्तापुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैङ्क निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सबैभन्दा ठूलो वित्तीय कम्पनी बनेको छ । मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ ।

हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ । मर्जर पछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुगेको छ भने, बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । बैङ्कको सेयर सदस्य तीन लाख माथि रहेको बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाले जाकारी दिएका छन् । साथै मर्जर पश्चात ग्लोबल आईएमई बैङ्कको सेवाग्राही (ग्राहक) संख्या २० लाख माथि पुगेको समेत कार्यक्रम मार्फत बैङ्कले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु