४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १०:४७

काठमाडौं,२१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपाल स्वर्ण पदकको विजेत बनेको छ । पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक जितेको हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा तोकिएको दुरी पार गरेर रेकर्ड राखेका छन् ।बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु