
काठमाडौं । बनिका प्रधानको स्वरमा ‘गाइदिन्छु गीत’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बिनिता उप्रेती खनालको शब्द र किरण कंडेलको संगीत रहेको छ । सराना श्रेष्ठको कन्सेप्ट तथा निर्देशन रहेको गीतको भिडीयोमा नायक पुष्प खड्का र रेश्मा घिमिरेलाई फिर्चड गरिएको छ ।भिडीयोमा रेश्माले पुष्पलाई सम्झिरहेको देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।


