लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १८:१५

काठमाडौं – लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको पछिल्लो गीत ‘कल्ले कान फुक्यो र ?’ हो । शान्ता परियारसँगको सहकार्यमा उनले यो गीत बजारमा ल्याएका हुन् । गीतको शब्द तथा लय गायक स्वयंकै छ ।गीतको म्युजिक भिडियो पशुपतिले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गीतमा पशुपति र शान्ताको स्वर तथा अभिनय पनि देख्न सकिन्छ । सुमन थापाको कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियो सम्पादन भने नबिन घर्ति मगरको रहेको छ।
भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु