सासंद मैनालीद्धारा आर्थिक सहयोग प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १९:३२

काठमाडौ २१, मंसिर – नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले वीर हस्पिटलकाे ट्रमा सेन्टर पुगि खुट्टाकाे क्यान्सर राेगकाे उपचार गरिरहनु भएका नुवाकोट सुर्यगढी गा.पा.वडा ०५ निवासी १४ बर्ष का विशाल ढकालकाे स्वास्थ्य अवस्थाकाे जानाकारी लिदै,निज काे सु-स्वास्थ्यकाे कामना सहित व्यक्तिगत रूपमा केही आर्थिक सहयाेग निज को आमालाई प्रदान गरी,अन्य सहयाेगी हातहरूलाइ पनि सहयाेगकाे लागि अनुराेध गर्नुभयाे।
समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन ।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए ।
सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आईरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु