साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

साग को आठौं दिन आज(आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ११:३२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज(आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज काठमाडौंमा बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास र टेनिसका खेलहरु हुनेछन् ।

यसैगरी पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेलहरु हुँदा कुस्ती खेल जनकपूरमा हुनेछ ।

सागमा हिजोसम्म नेपाल पदक तालिकाको दोस्रो स्थान कायमै छ । नेपालले स्वर्णपदकको संख्या ४३ पुर्‍याएको छ ।

हिजो एथलेक्टिसको म्याराथनमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसँगै स्वर्णको संख्या ४३ पुगेको हो । भारत १ सय १० स्वर्णसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानको श्रीलंकाको ३०, चौथो स्थानको पाकिस्तानको २३, पाँचौं स्थानको बंगलादेशको ७, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानका ५ वटा कास्यपदक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु