भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा कम्तिमा पनि ४३ जनाको ज्यान मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १३:०८

काठमाडौं,मंसिर २२- भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा कम्तिमा पनि ४३ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा आइतबार बिहान आगलागी हुँदा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो । आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि ३० वटा दमकल प्रयोग गरिएको थियो ।

आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा अहिले पनि उद्दारको काम भइरहेको छ ।

घाइतेहरुको आरएमएल, एलएनजेपी, हिन्दु राव र सफदरजंग अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु