दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हास्यव्यंग्यात्मक टेलिचलचित्र ‘कुरा मात्र भो’ ले पुरा गर्यो ३० भाग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २२ गते, आईतवार १७:५२

काठमाण्डौं, २२ मंसिर -ग्लोरी मिडिया प्रा।लि।को प्रस्तुतिमा एनटिभी प्लसबाट प्रसारण भईरहेको हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भो” ले यहि शनिबार ३० औं भाग पूरा गरेको छ । कमल श्रेष्ठ निर्माता रहेको उक्त हास्य टेलिचलचित्र पिके ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुदैँ आएको छ ।

अर्जुन गौतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमारामप्रसाद महर्जन कार्यकारी निर्माता तथा कपिल देवकोटा सह निर्माता रहेका छन् भने साहित्यकार सनत आचार्यको कथा तथा पटकथा लेखन रहेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भो “ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । चर्चित तथा अनुभवी कलाकारहरू रोशनी सापकोटा, उत्तम अर्याल -कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई, रश्मी भट्ट, पवन केसी तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आले मगर, लिजा राना मगर, मेनुका गुरूङ आदिको बेजोड अभिनय रहेको यस टेलिश्रृंखलाको छायांकन केशव अधिकारी, समीर राई, संगीत र गायन मिनप्रकाश ओली, सम्पादन मनिष कार्की, निर्माण सल्लाहकार सरोज ओझा र प्रताप भट्ट रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भोला बाबू रहेका छन् ।
३० भाग पुरा भएसँगै निर्माण पक्ष उत्साहित रहेको निर्माता श्रेष्ठले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु