कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिकाघाइते भएपछि स्थानियले गरेको आन्दोलनले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १८:५१

काठमाडौं, मंसिर २२ – कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिकाघाइते भएपछि स्थानियले गरेको आन्दोलनले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।

प्रहरी र विद्यार्थीबीचको झडपमा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । झडपमा केही विद्यार्थीहरु समेत घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

ज बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर–१० की प्रगति चन्द घाइते भएकी थिइन् ।त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ ।

विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु