चलचित्र ‘झिँगेदाउ’ मा केकी अधिकारीको लुक्स पनि सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १७:३९

काठमाडौँ – चलचित्र ‘झिँगेदाउ’ मा केकी अधिकारीको लुक्स पनि सार्वजनिक भएको छ ।
तस्विरमा केकीलाई निकै फरक लुक्समा देख्न सकिन्छ । तस्विरमा उनी सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा हरियो पोते र रातो चौबन्दी चोलीमा ऐनामा हेर्दै गरेको देखिएकी छिन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको चलचित्रको अहिले ‘झिँगेदाउ’ को भकुन्डेबेसीमा छायाकंन भइरहेको छ । त्यहाँ फिल्मको छायाकंनको लागी भब्य सेट तयार पारिएको छ ।

यसअघि नायिका आँचल शर्माको लुक सार्वजनिक भएको थियो । यो चलचित्र साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर लागेको हो । चलचित्रका निर्माता निर्देशक देउजा स्वयं हुन् ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्ममा प्रदीप भारद्धाजको पटकथा एवं संवाद र अर्जुन पोखरेलले संगीत रहेको छ । चलचित्रलाई विष्णु कल्पितले खिचिरहेका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु