
रसुवा ।टेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकहरुको तथ्यांक राख्न पदयात्रा सूचना प्रणाली (टिम्स) लाई प्रभावकारी कार्यान्वयन गर्न २०७६ मंसिर २३ गते रसुवाको वेत्रावती ( उत्तरगया गाउँपालिका वडा नं ५) मा गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल को प्रमुख आतिथ्यतामा नँया टिम्स चेकपोष्टको उद्घाटन गरियो ।
वेत्रावती बजार (मैलुङ – स्याफ्रुबेसी सडक मार्ग तथा सदरमुकाम धुन्चे पासाङल्हामो सडक मार्गको जिरो पोईन्ट) मा टिम्स चेकपोष्ट संचालन गर्न उपयूक्त रहेको हुँदा यँहा टिम्स चेकपोष्ट स्थापना गरेको टानका अध्यक्ष श्री खुम बहादुर सुवेदीले बताए । वेत्रावती टिम्स चेकपोष्टमा २०७६ पौष १६ गते (January 1, 2020) देखि संचालनमा आउने अध्यक्ष सुवेदीले जानकारी गराए । पदयात्रामा गएका पर्यटकहरुको तथ्यांक राख्न र पर्यटकको सुरक्षा गर्ने उद्देश्यले पदयात्रा सूचना प्रणाली लागू गरेको भन्दै अध्यक्ष सुवेदीले टिम्स नेपाल भरका पदयात्रा क्षेत्रमा लागु गर्न नेपाल सरकारसंग अनुरोध गरे ।
उद्घाटन समारोहमा टानका कोषाध्ययक्ष ऋतु ग्याम्दान, कार्यसमिति सदस्य सनम शेर्पा, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा, पर्यटक प्रहरी नायक निरीक्षक मदन राज उपाध्यय, प्रहरी सहायक निरीक्षक सुबीदार यादव, प्रहरी हवलदार अकल योञ्जन, प्रहरी जवान पर्शुराम दाहाल र हाईलाईटस् टूरिजमका प्रतिनिधि लाला गुरुङ्गको उपस्थिती रहेको थियो ।


