हिंसात्मक ब्यवहारको अन्त्य नै सभ्य समाजको निर्माणका कडि हो ‘: श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार २०:०७

ललितपुर, २४ मङ्सिर -ललितपुर महानगरपालिका ०५ नंबर वडाका अध्यक्ष विकास मान श्रेष्ठले ‘हिंसात्मक ब्यवहारको अन्त्य नै सभ्य समाजको निर्माणका कडि भएको बताएका छन् । लैङिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा ललितपुर ०५ नंबर वडाको सहयोगमा वडा स्थित आमा मिलन केन्द्रद्वारा लगनखेलमा आज आयोजित सचेतना कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष श्रेष्ठले लैङिक हिंसा विकृत मानसिकताको उपज भएको औल्याउदै, समाजमा ब्याप्त कुसंस्कारयुक्त मनोवृत्ती त्याग्न सबैलाई आग्रह समेत गरे । उनले महिलाहरु उत्पिडनमा पर्दै आएको उल्लेख गर्दै, राज्यले महिला मैत्री कानुनमा जोड दिदै आएको पनि बताए । साथै, ‘हिंसात्मक ब्यवहारको अन्त्य नै सभ्य समाजको निर्माणका कडि हो, त्यसैले यसका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङता भएका ब्यक्ति, पुरुष जो सुकै माथि हुने दुर्ब्यवहार अक्षम्य हुने हुँदा यस्ता विकृत सोचबाट टाढा रहन सबैमा आग्रह गर्छुु ‘ -उनले भने ।

आमा मिलन केन्द्रकी अध्यक्ष वैजन्ती कार्कीको सभाध्यक्षता माझ आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधी, ललितपुर महानगरपालिका वडा न ०५ का विभिन्न दिदी बहिनी समुहका प्रतिनिधि र पुरुष समेतको सहभागिता रहेको थियो । कार्यक्रम माझ अधिवक्ता पूर्ण शिला दवाडीले सहभागीहरु माझ कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यपत्र प्रस्तुत गर्ने क्रममा अधिवक्ता दवाडीले महिला हिंसा के हो ? महिला हिंसा भएमा कानुनी उपचारका प्रकृया के ?हिंसा पीडितलाई कस्तो ब्यवहार गर्ने लगायतका बिषयमा प्रकाश पारिन् ।

त्यस्तै, केन्द्रकी अध्यक्ष कार्कीले बढि जसो महिला उपर हिंसा हुने गरेको बताउदै सामाजिक चेतनामा अभिवृद्धी ल्याउने उदेश्यका साथ सचेतना कार्यक्रमको आयोजना गरिएको प्रष्ट पारिन् ।

कार्यक्रममा ललितपुर-५ कि महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठले सामाजिक परिवेशका कारण महिलाहरु अनायसै हिंसाको चपेटा पिल्सिनु परेको सन्दर्भ कोटयाउदै, समाजलाई अग्रगमनतर्फ डोर्याउन सबै नागरिकको समान कर्तब्य हुन आउने हुँदा कसैले पनि अरुको आत्मसम्मानमा ठेस पुग्ने कार्य गर्न नहुने बताईन् ।

त्यसैगरि, कार्यक्रममा संचालकको भूमिका निर्वाह् गरेकी केन्द्रकी कोशाध्यक्ष अन्जु केसीले स्थानिय स्तरमा महिला माथि हुँदै आएको हिंसालाई न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम प्रभावकारी बन्नेमा केन्द्र आशावादी रहेको बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु