
काठमाडौं – गायिका विष्णु माझी र गायक तेजश रेग्मीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ ।तेजश रेग्मीकै शब्द सङ्गीत रहेको गीतको भिडियोमा अभिनेत्री सुस्मा कार्की र दुर्गेश थापा देखिएका छन् । गीतलाई शिव बिकले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायाँकन र प्रविण भट्टको सम्पादन भिडियोमा रहेको छ ।


