चट्टाने पहाड चढ्ने साहसी रक–क्लाईम्बर आङ पासाङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २६ गते, बिहीबार १५:३०

काठमाडौं-पर्यटन व्यवसायी आङ पासाङ, चट्टाने पहाड चढ्ने साहसी रक–क्लाईम्बर हुन् । उनी दुई दशकयता देखी यस पेशामा सक्रिय छन् । यस अवधिमा पासाङले हजारौलाई कठिन भन्दा कठिन रक–क्लाम्बिङ गर्ने र गराउने तौर–तरीका सिकाएका छन्। आङ पासाङको रक–क्लाइम्बिङ भिजिट नेपाल २०२० को बेग्लै आकर्षण बन्ने निश्चित छ । किनकि उनल भिजिट नेपाल २०२० को प्रमोसनको लागि आफू एक्लै भएपनि अमेरिका, एशिया, अष्ट्रेलिया, युरोप लगायतका चार महादेश घुमेका छन् । चार महादेश एक्लै घुमेर भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार गरेकोमा केही महिना अघि मात्र उनलाई पर्यटन मन्त्रालयले सम्मान गरिसकेको छ ।

रक–क्लाइम्बर बन्दै पर्यटन व्यवसायमा रमाउंदै आएका आङ पासाङ पिके एभरेष्ट ट्रेकिङका प्रवन्धक पनि हुन्। पिके एभरेष्ट ट्रेकिङ मार्फत नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई ७७ जिल्लामध्ये ६६ जिल्लाको पदयात्रा तथा भ्रमण गराई सकेका छन्। चट्टाने पहाडहरुमा मज्जाले रक–क्लाइम्बिङ गराएर हजारौ पर्यटकलाई रोमाञ्चकता महशुश गराउने कार्य आङ पासाङले गर्दै आएका छन ।

यिनै आङ पासाङले हिमपातका बाबजुद पनि ओखलढुंगा लगायतका स्थानहमा आँखा शिविर जस्ता स्वास्थ्य शिविर संचालन गर्दै सामाजिक कार्यमा पनि जुट्दै आएका छन्। पदयात्रा तथा रक–क्लाइम्बिङका क्रममा अनेकको ज्यान बचाउने कार्य समेत गरेका आङ पासाङ पर्यटन क्षेत्रमा रुचाईने व्यक्तिमा पर्दछन् । आङ पासाङ यसैमा गौरव महशुश हुने गरेको बताउँछन् । उनी ओखलढुंगाको विकट गाउंमा जन्मी–हुर्की त्यहीको वातावरणवाट रक–क्लाइम्बर बनेका हुन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु