• नेपाली जहाज अझै ६ महीना युरोप उड्न नपाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार १०:२८

    काठमाडौं- सरकारले हवाई क्षेत्रमा व्यापक सुधार गरिरहेको दाबी गरिरहेकै बेला नेपाली जहाज भने अझै छ महीना युरोपको आकासमा उड्न नपाउने भएका छन्।

    युरोपियन युनियन (इयू) को कालोसूचीबाट हट्न नसकेका कारण नेपालमा दर्ता भएका जहाज युरोप उड्न नपाउने भएका हुन्।

    इयूले यसैसाता गरेको सुरक्षा अपडेटको क्रममा नेपाललाई सुरक्षाको सूचीबाट नहटाएपछि कालोसूची कायमै रहेको हो।

    जुन कालोसूची कम्तीमा आउँदो छ महीनासम्म कायम रहनेछ। इयूले प्रत्येक छ महीनामा सुरक्षा अपडेट गर्ने गर्छ।

    सन २०१३ देखि सुरक्षाको कारण देखाउँदै नेपाली हवाई कम्पनीले युरोपको आकास प्रयोग गर्न नपाएकाे अाजकाे नागिरक दैनिकमा समाचार छ।

    चार महीनाअघि काठमाडौंमा सम्पन्न नागरिक उड्डयन संगठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलनमा उक्त प्रतिबन्ध फुकुवाबारे नेपालले पहल गरेको थियो।

    सोही पहलकदमीले इयूको कालोसूचीबाट हट्ने नेपाली अधिकारीहरूले अपेक्षा गरेका थिए।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु