• देशभर चीसो बढ्दा जनजीवन प्रभावित हिमाली भू भागहरुमा भारी हिमपातको सम्भावना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार १२:३१

    काठमाडौं, २७ मंसिर । हल्का वर्षा भएको छ । यसले गर्दा देशभर ठण्डी अत्याधिक बढ्दै गएको छ । चीसो बढेर जनजीवन प्रभावित भएको छ ।

    बिहिबार देखि देशका अधिकांश भागको आकाश बादलले ढाकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारी हिमपातको सम्भावना छ । मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भ–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ । देशका पश्चिमी भू भागका केही स्थानमा हावाहुरी आउने पनि सम्भावना रहेको छ ।

    तराईमा कुहिरो ढाकेको छ । विशेषगरी विराटनगर आसपासका पूर्वी तराइका भू–भागमा सामान्य कुहिरो लागेकोले सवारी आगमनमा समेत समस्या परेको छ । यस्तो अस्थामा सवारी दुर्घटना हुने सम्भावा बढि हुन्छ ।
    देशभर चीसो बढ्दा मानिसहरुको आवतजावत पातलिएको छ । चीसो मौसममा रुघाखोकी र ठण्डीले लाग्ने रोगका कारण सतर्क हुन भनिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु