आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले ९ जना विश्व कीर्तिमानी आरोही तथा सेलीबे्रटीहरुलाई पर्यटन सदभावना दूतको रुपमा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार ०७:३०

काठमाडौं, २७ मंसिर । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले ९ जना विश्व कीर्तिमानी आरोही तथा सेलीबे्रटीहरुलाई पर्यटन सदभावना दूतको रुपमा नियुक्त गरेको छ । शुक्रबार एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले काठमाडौंमा आयोजना गरेको विशेष समारोहबीच उनीहरुलाई पर्यटन सद्भावना दूतको रुपमा घोषणा गरिएको हो ।

पर्यटन सदभावना दूतको रुपमा २४ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल सोलुखुम्बुका कामीरिता शेर्पा, मिसेस एसिया युनिभर्स २०१७ लगायत विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा प्रथम उपाधी प्राप्त सुनसरीकी पिङकी राजगरिया, ८ हजार मिटरभन्दा माथि उचाईका १४वटै हिमालहरुको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल संखुवासभाका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दावा शेर्पासँगै ताप्लेजुङका मिङ्मा ग्याबु शेर्पा तथा सहासिक खेल अल्ट्रा म्याराथन विद्याको माध्यमबाट विश्व कीर्तिमान कायम गर्न सफल भोजपुरकी मिरा राई, नेपाली कलाकारिता क्षेत्रमा उच्च व्यक्तित्व बनाउन सफल दीपाश्री निरौला र नेपालकै सबैभन्दा अग्लो व्यक्ति (७.३ इञ्च)को रुपमा चिनिएका सुनसरीका राजन अधिकारीलाई नियुक्त गरिएको हो ।

कार्यक्रमबीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन सदभावना दूतको प्रमाणपत्र प्रदान गर्दै उनीहरुलाई सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु