टुँडालदेवी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न दीक्षित सम्मानि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १२:११

काठमाण्डौ मंसिर २९। काठमाडौं महानगरपालिका ४ स्थित टुँडालदेबी मन्दिर परिससमा शनिबार सामुदायिक सेवा केन्द्र टँडालदेवी,सामुदायिक प्रहरी सेवा केन्द्र,बिशाल मिलन केन्द्र,स्वास्थ्य केन्द्र को आयोजना तथा ग्राण्डी अस्पताल समेतको सहकार्यमा रगत दान नै जीबन दान हो भन्ने मान्यता राख्दै रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।
महान रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए। बिशाल मिलन केन्द्र तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सल्लाहकार समेत रहेका स्वयंसेवी रक्तदाता एवम् जेष्ठ नागरिक समाजसेवी दिव्यमणि दीक्षितलाई महान रक्तदान कार्यक्रममा दोसल्ला ओढाउनुका साथै फूलको माला पहराएर दीक्षितलाई विशेष सम्मान गरिएको थियो।
प्रदेश सांसद सीता दाहाल को प्रमुख अतिथि र नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यका बिशिस्ट अतिथि का साथै टुँडालदेबी सामुदायिक का अध्यक्ष राम प्रसाद न्याैपाने काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्ट सदस्य दिनेश महर्जन,हरि अधिकारी,अनिशराम भट्टराई ,लक्ष्मण थापा,प्रदिप खनाल टुँडालदेबी सामुदायिक प्रहरी इन्चार्ज कल्पना थापा लगाएतको उपस्थिति थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु