माफ भलिबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार २१:५२

काठमाडौं, मंसिर २९ गते ।
म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
ब्वाइजमा क्याम्ब्रिज तथा गल्र्समा विज किड्स डिफेन्डिङ च्याम्पियन हुन् । पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कालोपुलस्थित एडभान्स बोर्डिङ स्कुलमा हुने छ ।

फिजम कपमा २८ टिम
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष र महिलामा समान १४–१४ गरी २८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक समेत रहेका फिजमका सह सचिव सुनील केसीले जानकारी गराए ।
पुस ७ गतेसम्म सञ्चालन हुने लिग कम नकआउट प्रतियोगिताका खेलहरु गोठाटारस्थित मोनास्टिक पब्लिक स्कुलको कोर्टमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु