जनवरी १ देखि नारायणी नदीमा पानीजहाज चल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १२:५७

काठमाडौं- सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालन गर्नका लागि परीक्षणको तयारी गरिएको छ।

१५ करोड रुपैयाँ लागतमा १० जना युवाले राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीमार्फत सञ्चालन गर्न लागेको रिभर क्रुजको परीक्षण दुई हप्ताभित्रै गर्ने तयारी भएको कम्पनीका  सञ्चालक सदस्य खिम पन्थीले जानकारी दिए।

पन्थीका अनुसार नर्वेली प्रविधि प्रयोग गरी भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै क्रुजसिप निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

“१०० फिट लम्बाइ २५ फिट चौडाइसहित दुईओटा इञ्जिन जडित पानीजहाज निर्माण अन्तिम चरणमा पुगेको छ, अबको २ हप्ताभित्रै परीक्षण सक्ने गरी काम भइरहेको छ”, पन्थीले भने। जनवरी १ देखि नारायणी नदीमा पूर्णरुपमा पानीजहाज सञ्चालनमा ल्याउने कम्पनीको तयारी रहेको समाचार आजको आर्थिक अभियानमा छ।-dekhapadhi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु