दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सन् २०२० मा विश्वभरमा घुम्न लायक नेपाल १ नम्बरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ३० गते, सोमबार २३:३६

विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ ।

फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै यहाँको बारेमा चर्चा गरेेेेकी छिन् ।

उनले नेपाललाई धर्तीकै उत्कृष्ट साहसिक गन्तव्य भएको उल्लेख गरेेेेकी छिन्। नेपाल साहसिक यात्रा रुचाउनेहरुका लागि र शान्त ठाउँमा डुल्न चाहने दुवैका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको फोर्ब्समा उल्लेख छ ।

नेपालका होटल तथा रिसोर्टमा पाइने न्यानो आतिथ्य र खानाका परिकारले पनि यात्रा झनै रोमाञ्चक हुने पनि लेखमा उल्लेख छ । फाप्लुको ह्याप्पी हाउस र बर्दिया निकुञ्जको कर्णाली लज जानैपर्ने होटल रहेको पनि फोर्ब्समा लेखिएको छ ।

नेपालको यात्रा दक्षिणतर्फबाट सुरु गर्नुपर्ने र चितवन, बर्दिया लगायतका राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको अवलोकनले यात्रा रोमाञ्चक हुने पनि दावी गरिएको छ ।

२-४ दिन बसेमा यी ठाउँले छाड्नै मन नलाग्ने बनाउने पनि लेखमा उल्लेख छ । तराइकोे यात्रापछि पहाड र हिमालतिर लाग्दा यात्रामा स्वर्गीय आनन्द आउने पनि लेखमा छ ।

पहाडी र हिमाली क्षेत्रमा हुने ट्रेकिङ, टेन्टकाे बसाइ, आत्मीय गाइड लगायतले नेपालको यात्रा सधैं सम्झनलायक बनाउने पनि फोर्ब्सको लेखमा उल्लेख छ । फोर्ब्समा उल्लेख भएका बाँकी ९ वटा गन्तव्यमा इक्वेडर, न्युजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्या रहेका छन् ।

ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरको लेख अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु