एनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपानेआज २०७८ साल असाेज ७ गते, बिहीवारको राशिफल

नेकपा स्थायी कमिटी बैठक जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०९:३०

काठमाडौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौंथो बैठक दोस्रो दिन सोमबार अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्ने क्रम अघि बढेको छ । बैठकमा स्थायी कमिटीका १२ जना सदस्यले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि निर्धारित २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राखेका छन् ।
सोमबारको बैठकमा बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावमा उल्लेखित वैचारिक, सङ्गठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गरे । उनीहरुले सङ्गठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकमा जारी स्थायी समिति बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले प्रवेश पाएको छ । एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य प्रभाव विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको इन्डो प्यासिफिक रणनीति अन्तरगतकै एमसिसीको परियोजना अघि नबढाउन स्थायी समितिका सदस्य देव गुरुङले माग गरेका छन् । आइतवारदेखि जारी नेकपा स्थायी समितिको बैठकमा सोमबार बोलेका स्थायी समिति सदस्य देव गुरुङले अमेरिकाले सञ्चालन गरिरहेको इन्डो प्यासिफिक सैन्य रणनीति अन्तरगतकै एमसीसीअन्तरगतका कार्यक्रम रोक्नुपर्ने माग गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणीका क्रममा दुई नेताले एमसीसीपरियोजना अन्तरगतका कार्यक्रमले नेपालको असंलग्नताको नीति उलंघन हुने बताएका हुन् ।
‘कुनै पनि मुलुकसँग आर्थिक पूर्वाधारसम्बन्धी मामिलामा सहयोग लिने दिने स्वभाविक प्रक्रिया हो’, बैठकमा आफुले राखेका धारणाबारे जानकारी दिँदै स्थायी समिति सदस्य गुरुङले भने, ‘त्यो त अन्यथा विषय होइन। तर अमेरिकाले नेपाल इन्डो प्यासिफिकमा सहभागी भयो भनेर आफैँ घोषणा गर्यो। यो त नेपालको असंलग्न नीतिविपरीत भयो।’
नेपालले इन्डो प्यासिफिक रणनीतिमा सहभागी नहुने बताइरहेका बेला त्यही अन्तरगतको एमसिसीलाई स्वीकार्नु गलत भएको गुरुङको तर्क थियो । ‘नेपालको परराष्ट्रनीतिविपरीतको कार्यक्रममा अघिल्लो सरकारले कसरी सम्झौता गर्यो ? असंलग्न सिद्धान्त भन्ने अनि इन्डो प्यासिफिकमा जाने ?’, उनले प्रश्न गरे, ‘एमसिसीलाई स्वीकार्ने तर इन्डोप्यासिफिकलाई नस्वीकार्ने भन्ने हुँदैन । इन्डो प्यासिफिककै अंश भएकाले एमसिसीका कार्यक्रम अघि बढाइनुहुँदैन ।’ गुरुङले नेपाल सरकारले जलविद्युत् प्रशारण लाइनको केन्द्र चितवन बनाउन खोजिएका बेला काठमाडौंबाट पाल्पा लैजानु बेठीक हुने बताए ।
‘एमसीसीपरियोजनासम्बन्धी सम्झौता अनुसार काठमाडौं, बूढीगण्डकी, तनहुँ, बुटवल रुपन्देहीबाट गोरखपुर लैजाने भनिएको छ । त्यहाँ लगेर भारतको राष्ट्रिय प्रसारणमा जोड्ने भनेको छ’, उनले भने, ‘यसका लागि त भारतसँग पो सम्झौता गर्नुपर्छ । अमेरिकासँग सम्झौता गरेर भारतसँग कसरी हुन्छ व्यापार विस्तार, यस्तो बाझिने कुरा मान्न सकिँदैन ।’ राष्ट्रिय प्रसारण लाइन काठमाडौंबाट भरतपुर नलगी पाल्पा घुमाउने गरी भएको सम्झौता नै रहस्यमय रहेको उनले बताए । ‘भरतपुर लाने प्रसारण लाइन पााल्पा किन घुमाउने यो रहस्यमय छ’, उनले भने, ‘अझै अमेरिकन कम्पनीलाई नै बनाउन दिनुपर्ने सम्झौता रहेछ ।
जसले कममा ठेक्का लिन निवेदन दिन्छ, उसले नै बनाउँछ, त्यसैले यो अघि बढ्नुहुँदैन ।’ नेता गुरुङ र रावलले यो सम्झौता कार्यान्वयन गर्न भारतको सहमति लिनुपर्ने बताउँदलै दुई पक्षीय सम्झौता गरेर त्रिपक्षीय सहमति अब हुन नसक्ने जिकिर गरे। ‘यो सम्झौता लागू हुनेछ भनिएको छ। नेपालको कानुन र नियमावलीलाई नै यो सम्झौताले निष्कृय गराउँछ’, गुरुङले भने, ‘यसमा उल्लेख भएका कुरा आपत्तिजनक छन् । विगतको सरकारले सम्झौता गरिसकेकाले रिभ्यु गर्नुपर्छ ।’ स्थायी समितिको अर्को बैठक मंगलबार पुस १ गते बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु