तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०९:४१

काठमाडौँ – तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो ।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।
अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए ।

पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु