साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

नेफ–साइपाल कप फुटबल आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०७:४०

काठमाडौं ।उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीको संयुक्त आयोजनामा पाँचौं नेफ–साइपाल कप छात्र फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने नेफका अध्यक्ष नारायण रोकाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नर्वेमा जुलाईमा हुने मैत्रीपूर्ण फुटबलका लागि यसै प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरिने पनि बताइएको छ । साइपालले उत्कृष्ट ३० खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु चावहिलको गणेशथानस्थित फुटबल मैदानमा हुने छ । गत संस्करणको उपाधि माउन्ट ग्लोरीले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु