श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

सागका बक्सिङ स्वर्ण विजेता पुरस्कृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०७:४६

काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् ।
स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे । खेलाडीलाई अवाले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार प्रदान गरे । सातदोबाटोमा डिसेम्बर ६ देखि १० तारिखसम्म भएको बक्सिङमा पुष्करराज पन्त, रामचन्द्र थापा मगर, ताराराम श्रेष्ठ र धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पनि बिदाइ गरियो ।
डिसेम्बर २० र २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन् । टोली बुधबार चीन जाँदै छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, अध्यक्ष अवाले, पूर्व अध्यक्ष श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गर्नुका साथै बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु