श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

नेपालमा पहिलोपटक पञ्चेबाजा बजाउने महिला नौमती बाजा समुहले चलायो सामाजिक परिवर्तन अभियान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ पुष २०७६, बुधबार १५:०६

काठमाडौ, २ पुस । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै महिला नौमती बाजा समुहले महिलालाई वाद्य वाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी अध्यक्ष जानुका पौडेलले यो समुहका महिलाले देशमा पहिलोपटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् । विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाई थियो । उनले भनिन्, ‘हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं ।’

पौडेलले पाँच स को अभियान अनुसार ऐतिहासिक संस्कृतिको संरक्षण संवद्र्धन, सामाजिक सम्मान, आत्मबल र आत्मसम्मान अभिवृद्धि, समृद्धिको अभियानमा महिलाको सक्रिय सहभागिता, सामाजिक विकृति विसंगतिको चिरफार गर्दै सुसंस्कृति निर्माणका लागि सन्देश प्रवाह गरिरहेको बताइन् ।
२०६९ सालमा आठमार्च स शक्तिकरण मञ्चमार्फत् स्थापना भई २०७० सालबाट महिलालाई नौमती बाजा तालिम दिन शुरु गरिएको पौडेलको भनाई थियो । त्यस क्रममा पहिलो टोली बिघटन भएको, दोस्रो टोली पलायन, तेस्रो टोलीले विद्रोह गरेको र अहिले दुईवटा टोली सक्रियताका साथ संस्था अन्र्तगत सक्रिय भएको जानकारी दिइन् । तालिम दिने क्रम जारी रहेको पौडेलले बताइन् । उनले भनिन्, ‘सबै किसिमका आरोह र अवरोह पार गर्दै नौमती बाजा समूह निरन्तर सक्रिय छ ।’

तालिम दिने क्रममा एक व्यक्ति बराबर ८० हजार खर्च भएको जानकारी गराउँदै विद्रोह गर्ने कृष्ण क्षेत्रीलगायतको समूहले ऋणमा पारेर गएको पौडेलले बताइन् । महिला नौमती बाजा समुहको इतिहासलाई छोपेर व्यक्तिगत लाभमा केही व्यक्तिहरु सक्रिय भएकाले सचेत रहन आग्रह गरिन् ।
महिलाहरु नौमती बजाएर उत्पादनशील कार्यमा लागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् । बजाउने महिलामा आत्मबल बढिरहेको र बजाएको देख्नेहरुमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाई थियो । समाजमा सही सन्देश जाँदा आफूहरु उत्साहित भएको बताइन् ।

प्रशिक्षणका लागि आर्थिक खर्च, तालिमका लागि सही स्थानको अभाव र तालिम लिंदा र लिइसकेपछि प्रशिक्षण लिनेहरुलाई टिकाउनै कठिन हुनेगरेको अनुभव सुनाइन् । विद्रोह गर्ने र धोका दिनेहरुका कारण केही समस्या भएपनि चुनौतीसँग लडेर अगाडि बढ्ने बताइन् । सबै किसिमको चुनौतीका बाबजुद महिला नौमती बाजा समुह निरन्तर सक्रिय भइरहेको उनको भनाई छ ।

विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरुको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोह देखि विशेष कार्यक्रममा आफूहरुले नौमती बाजाको प्रस्तुती गर्ने गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नौमति बाजा समुहले वाद्य वाधन र गायन कला समेत प्रदर्शन गरेको

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु