आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

सडक दुर्घटना र मानवीय क्षति विगतको भन्दा कम भएको छ : एसएसपी ढकाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ पुष २०७६, बुधबार १७:२८

काठमाडौं, २ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले पछिल्लो समय भएका ठूला दुर्घटनामा ठूलो मानवीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । अगामी दिनमा त्यस्ताखाले दुर्घटना हुन नदिन आफूहरुको प्रमुख प्रयास हुने पनि उनले विश्वास दिलाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ढकालले काठमाडौं उपत्यकाको ट्राफिक अवस्थाबारे जानकारी गराउँदै अहिले उपत्यकामा १२–१३ सवारीसाधन रहेको सुनाए । उनले भने,‘दुई वर्ष अघिको डाटा हेर्दा काठमाडमाडौं उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ, हाम्रो जनशक्ति १३ सय ६८ छ । एउटा ट्राफिकको भागमा ९०० सय सवारी पर्छ ।’

उनले काठमाडौं उपत्यकामा ट्राफिक जाम हुनुका प्रमुख कारणहरुपनि खुलाए । उनकाअनुसार काठमाडौंमा हुने दैनिक ४–५ ¥याली र जुलुशका कारणपनि सवारी आवागमनमा समस्या भैरहेको छ । उनले भने,‘खाल्डाखुल्डीको कारणपनि केही डिस्टर्ब भैरहेको छ । अर्को कुरा, पूराना सवारीसाधहरु सडकको बिचमा बिग्रिँदा र्याकर लगाएर वा हामीले धकेल्नुपर्ने अवस्था छ, त्यसले पनि आवागमनमा असर पुगिरहेको छ ।’

उनले काठमाडौंका केही स्थानहरुमा धेरै सडक व्यस्तता र चापका कारण पनि जाम हुने गरेको सुनाए । ती ठाउँहरु कोटेश्वर र चावहिल रहेका छन् । उनले भने,‘बोटल नेकका कारण समस्या छ ।’ दुःखद् दुर्घटना नहोस भनेर आफूहरुले दैनिक प्रयास गरिरहेको पनि ढकालले सुनाए । उनले भने,‘अहिले हामीले ट्राफिक सचेतना अभियान सञ्चालन गरेका छौं ।’

ढकालले पछिल्लो समय ईनफोर्समेन्टअन्तर्गत दैनिक २ हजार सवारीसाधनलाई कारबाही गरिने गरिएको पनि सुनाए । उनले भने,‘यो कुरा ट्राफिक एक्लैले गर्ने कुरा होईन । सबैले कानूनको पालना गर्नुपर्छ । हामी सरोकारवाला निकायसँग समन्वय गरेर नै अघि बढिरहेका छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटनाप्रति चिन्ता गर्दै दुःख व्यक्त गरेको सुनाउँदै प्रधानमन्त्री कार्यालयअन्तर्गत गठन गरिएको समितिले विशेष योजना बनाएर काम गर्ने विश्वास दिलाए । उनले भने,‘अर्को क्विक एक्शन टिम पनि छ, त्यसमा पनि हामी सबै सरोकारवाला निकाय सहभागी छौं ।’

आफूहरुले सचेतनाको लागि विविध कार्यक्रम सञ्चालन गरेको सुनाउँदै ढकालले भने,‘यो बीचमा हामीले स्वयमसेवकहरु प्नि परिचालन गर्यौं । पहिलो र दोस्रो चरणको अभियान सफल रुपमा सम्पन्न भयो, अब तेस्रो चरणको अभियान पनि छिट्टै सुरु गर्दैछौं ।’ हिजोबाट ट्राफिक उज्यालो कार्यक्रमपनि सुरु गरिएको उनले जनाए । आगामी तीन महिनाभित्र कम्तिमा पनि एक लाखलाई सचेतना गराईने उनको भनाई छ ।

काठमाडौं उपत्यकामा दुर्घटना कम गर्नको लागि ट्रिपरहरुलाई दिउँसो चक्रपथभित्र छिर्न नदिएको सुनाए । त्यतिमात्रै नभएर ‘हिट एण्ड रन’ को समस्या भएकोले त्यसमा पनि ध्यान दिईएको पनि उनले सुनाए । उनले भने,‘ट्रिपरमा पनि हामीले देखिनेगरि नम्बर प्लेट राख्ने व्यवस्था गरेका छौं । अहिले मिररको पनि व्यवस्था गरेका छौं ।’

हालै साँखुमा भएको दुर्घटना प्रहरीले रोक्दा रोक्दैपनि भएको उनले सुनाए । उनले भने,‘प्रहरीले छतमा यात्रु हाल्न रोकेको थियो। तर, अलिक पर पुगेर उनीहरु पूनः छतमा चढ्दा दुर्घटना भयो ।’ अहिले आफूहरुले यात्रुबाहक बसको छतमा हुट हाल्न नदिने निर्णय गरिएको पनि उनले स्पष्ट पारे ।

तिव्र गतिमा सवारी चलाउनेलाई पनि आफूहरुले दैनिक ठूलो संख्यामा कारबाही गरिएको उनले स्पष्ट पारे । उनले भने,‘लामो दुरीमा जाने सवारीलाई पनि नाघढुंगामा चेकजाँच गरिने गरिएको छ । चालक परिवर्तन नगरे कारबाही गर्ने गरेका छौं । सबै प्रयास हुँदाहुँदैपनि यदाकदा दुर्घटना हुने गरेको छ । यो दुःखद हो । सबैले आफ्नो ठाउँबाट प्रयास र प्रयत्न हुनुपर्छ ।’
उनले दुर्घटनामा पनि मानवीय क्षति, गम्भिर घाईते, सामान्य घाईते र सवारी साधनमा दुर्घटना पर्ने गरेको सुनाए । उनले भने,‘सबै दुर्घटनालाई एउटै टोकरीमा हाल्न मिल्दैन् । मानवीय क्षतिसहितको दुर्घटनामा अहिले कमी भएको छ । हाम्रो विशेष फोकसपनि यसमा बढि छ ।’

उनले दुर्घटना ह्वात्तै बढ्यो भनेर बाहिर चर्चा भएको सुनाउँदै विगतमा भन्दा अहिले दुर्घटना धेरै नभएको जिकिर गरे । उनले भने,‘२०७५–७६ मा नेपालभरि दुर्घटनामा निधन हुने संख्या २ हजार ७ सय ८९ रहेको छ, यो आर्थिक वर्षको साउनदेखि यता अहिलेसम्म ९ सय २१ छ, यो ६ महिनाको डाटा हो । त्यसकारण दुर्घटनाको रेट बढेको छैन् । हामी त एक जनाले पनि दुर्घटनाका कारण ज्यान गुमाउन नपरोस भन्छौं ।’

गत साल काठमाडौं उपत्यकामा २ सय ५६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको र यो आर्थिक वर्षको ६ महिनामा ७६ जनाले ज्यान गुमाएको ढकालले आँकडा पेश गरे । उनले भने,‘गत सालको चौमासिकमा १ सय ५ जनाले ज्यान गुमाउनुपरेको थियो । यो वर्षको चौमासिकमा ४९ जनाले ज्यान गुमाएका छन् । अहिले आधाभन्दा पनि कम भएको छ । हाम्रो प्रयास मानवीय क्षति नहोस भन्ने नै हो ।’

उनले दुर्घटना निम्तिन नदिनको लागि सबै चनाखो हुनुपर्नेमा जोड दिए । उनले भने,‘ड्राईभरले ओभर स्पिड गरे यात्रुहरुले रोक्नुपर्छ । मापसे गरेको छ भनेपनि प्रहरीलाई खबर गर्नुपर्छ । यात्रुहरु पनि सचेत हुनुपर्छ ।’ रिजर्भ गाडीमा यात्रा गर्दापनि विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । उनले भने,‘रिजर्भमा जाँदा सडक नौलो हुन्छ, चालकले पनि विशेष ध्यान दिनुपर्छ । गति सिमित गर्नुपर्छ । चालकलाई पनि पूर्ण आरामको जरुरुी छ । चार–चार घण्टामा आराम गर्नुपर्छ ।’

ढकालले दुर्घटना कम गर्नको लागि ट्राफिक प्रहरीहरु दैनिक १८ घण्टा खटिरहेको पनि स्पष्ट पारे । उनले आम नागरिकमा सचेतनाको आवश्यक रहेको सुनाए । उनले थपे,‘अहिलेपनि धेरैले लाईसेन्स लिएका छन् । तर, नियम उल्लंघन गर्छन् । ट्राफिक नियम मान्नेपनि छन्, कोही मान्दैनन् । बहादुरी देखाउनको लागि यस्तो गरिएको छ । सबैले ट्राफिक नियम मान्ने हो भने ५० प्रतिशत सुधार हुन्छ ।’

स्थानीय सरकारले पनि आफ्नो अधिकारलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने,‘कानूनले दिएको अधिकार सदुपयोग गर्नुपर्छ । वडास्तरीय बाटोमा ध्यान दिनुपर्छ । अस्ति अर्घाखाँचीमा भएको दुर्घटना मोड नपुगेर भएको देखिएको छ ।’
सवारी दुर्घटना नहोस नै भनेर प्रहरीको डिप्लोईमेन्ट वैज्ञानिकअनुसार गरिएको उनको भनाई छ । उनले भने,‘राजमार्गको छेउमा प्रहरी कार्यालयहरु राखिएका छन् । त्यही अनुसार ट्राफिक कार्यालय राखिएका छन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु