श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

भ्रमण बर्ष अगाबै स्वदेशी तथा विदेशी यात्रुको विमान भाडादार समान बनाउन ईन्जिनियर कँडेलद्धारा माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०८:११

काठमाडौं, २ पुष । नागरिक उड्ययनको क्षेत्रमा कार्यरत पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले स्वदेशी तथा विदेशी हवाई यात्रुहरुको भाडादार समान बनाउन सरकारसँग माग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड््ययनमन्त्री योगेश कुमार भट्टराईलाई यसप्रति तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले केही दिन अघिमात्रै यो नीति लिनसक्ने आफ्नो धारणा सार्वजनिक गरेका थिए । कँडेलले मन्त्रीको उक्त नीति स्वागतयोग्य र वस्तुपरक भन्दै तत्काल कार्यान्वयनमा जान सुझाव दिएका हुन् । कँडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,“माननीय मन्त्रीज्यूले अघि सार्नुभएको यो नीति अत्यन्तै सकारात्मक र सराहनीय छ । अब यसलाई व्यवहारिक रुपमै लागु गरेर देखाउनुपर्छ । हामी भ्रमण वर्षको संघारमा छौं, मन्त्रीज्यूको यो नीतिले भ्रमण वर्ष सफल र भव्य बनाउन ठूलो टेवा पुग्नेछ भन्ने मेरो व्यक्तिगत विश्वास छ । किनकी हामी यो भ्रमण वर्ष-२०२० मा नेपालमा कम्तिमा पनि २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित खटिईरहेका छौं ।

भ्रमण वर्षको पूर्व सन्धयामा विभागीय मन्त्रीबाट यस्तो घोषणा हुँदापनि उक्त नीति कार्यान्वयन नभए भ्रमण वर्षलाई पनि यसले प्रभावित पार्नसक्ने उनको ठम्याई छ । उनले भनेका छन्,“म दाबाका साथ भन्न सक्दछु की यदि यो घोषणालाई तुरुन्त कार्यान्वयनमा लैजान सकिएन भने यसले हामीलाई ठूलो असर पार्नेछ, हामी भ्रमण वर्षको सम्मनिकट छौं, मन्त्रीज्यूको घोषणाको सकारात्मक सन्देश स्वदेश तथा विदेशमा प्रभावकारी रुपमा प्रवाह भैसकेको छ । यस्तो अवस्थामा हामीले गरेको घोषणालाई साकार पार्नुपर्छ । विदेशी पर्यटकहरुलाई आकर्षित गर्न यो प्याकेज सही सावित हुनेछ ।”
यदि यस्ताखाले नीति घोषणा गरेर नेपाल सरकारले लागु वा कार्यान्वयनको पक्षमा ध्यान दिएन भने यसले विश्वव्यापी रुपमा गलत सन्देश प्रवाह हुनेपनि कँडेलको चिन्ता छ । उनले भने,“अहिले लिएको नीति लागु गर्नको लागि मन्त्रीज्यूले विशेष ध्यान दिनुपर्छ । यदि कार्यान्वयन गर्न सकिए भने यसले विदेशी पर्यटकहरुलाई निकै दुःखी तुल्याउँछ । उनीहरुले नेपाल सरकारद्धारा शोषित भएको महशुस गर्नेछन् । अर्कोतर्फ, पर्यटकको क्षेत्रमा काम गर्ने अन्तर्राष्टिय संघ संस्था, जस्तो विश्व पर्यटन संगठन र ईन्टरनेश्नल सिभिल एभिएसन अर्गनाईजेशन जस्ता संस्थाले नेपालका नीतिबारे थाहा पाउनेछन् । यसको नतिजा भनेको नेपालको विरुद्धमा उनीहरुले कडा कदम चाल्ने नै हो । त्यसर्थ, यसको कारण नेपालको पर्यटनको प्रचुर सम्भावनामा ठूलो बाधा हुनेछ ।”

कँडेलको नेतृत्वमा रहेको द अफिस अफ दिपेन्द्र कँडेलले पनि मन्त्री भट्टराईको कामको प्रशंसा गर्दै धन्यवाद दिएको छ । भ्रमण वर्ष अगावै मन्त्री भट्टराईले उक्त नीति कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्ने कँडेलको सुझाव छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु